६ बुँदे घोषणासहित लुम्बिनीमा सकियाे अन्तर्राष्ट्रिय सेमिनार
आइतबार, वैशाख १४, २०८२
लुम्बिनी – बौद्ध दर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पुर्याउने महान् व्यक्तिहरुको विषयमा अनुसन्धान र प्रवद्र्धन गर्ने घोषणासहित लुम्बिनीमा जारी ‘वान बेल्ड वान रोड’ नेपाल–चीन बौद्ध सांस्कृतिक सेमिनार सम्पन्न भएको छ । ६ बुँदे संयुक्त घोषणापत्र जारी गर्दै बौद्ध कला र संस्कृतिको गहन अनुसन्धानमा कार्य गर्ने प्रतिवद्धता जनाइएको छ । बुद्धभद्र, अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग, मञ्जुश्री बारे अनुसन्धान र प्रवद्र्धनमा विशेष जोड दिने घोषणा गरिएको हो ।
साताको लोकप्रीय