भारतीय राजदूतावासद्धारा लुम्बिनीमा योग प्रदर्शन
शुक्रबार, असार ६, २०८२
बुटवल– नेपाल स्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा शुक्रबार लुम्बिनीमा योग प्रदर्शनको आयोजना गरेको छ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती तथा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उपस्थित थिए। प्रदेश प्रमुख घर्ती र खेलकुदमन्त्री चौधरीले पवित्र लुम्बिनी भूमि योग जस्तो शान्तिपूर्ण अभ्यासको उपयुक्त स्थल भएको बताउँदै भारत–नेपालबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्न मद्त पुर्याएकोमा भारतीय दूतावासलाई धन्यवाद दिए।