तिलोत्तमाको नीति कार्यक्रम : दक्ष जनशक्ति तिलोत्तमाको सम्पत्ति
शनिबार, असार ७, २०८२
बुटवल – रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा युवालाई विशेष प्राथमिकतामा राखिएको छ ।