सेल्फ-केयर : आजको सबैभन्दा क्रान्तिकारी अभ्यास
शनिबार, असार ७, २०८२
जीवनको पेचिलो यथार्थ यही हो – बाहिरी संसार तब मात्र सुन्दर लाग्छ, जब भित्रको संसार सन्तुलित हुन्छ। आजको समय, जहाँ व्यस्तता, अपेक्षा र डिजिटल कोलाहलले व्यक्तिलाई थकित तुल्याइरहेको छ, त्यहाँ आत्म–हेरचाह (Self-care) केवल एक विकल्प होइन, अस्तित्वकै आधार बन्दै गएको छ। सेल्फ-केयर भन्नेबित्तिकै कतिपयको मनमा "अरूबाट टाढा हुनु" वा "केवल आफूलाई हेर्नु" भन्ने सोच आउन सक्छ। तर साँचो सेल्फ-केयर भनेको अरूलाई नहेर्ने होइन, आफूलाई नबिर्सने अभ्यास हो। यो त्यस्तो चेतनशील प्रक्रिया हो जसले एक व्यक्तिलाई मानसिक, भावनात्मक, शारीरिक र सामाजिक रूपमा स्वस्थ बनाउँछ।