बुटवलबाट प्रदेश राजधानी सर्दा होटेल व्यवसायमा धमिरा लाग्यो : मेयर पाण्डेय
शनिबार, असार ७, २०८२
बुटवल - बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलबाट प्रदेश राजधानी सर्दा होटेल व्यवसायमा धमिरा लागेको बताएका छन् । होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २४ औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रमुख पाण्डेले राजधानी सरे पनि व्यवसायीको हौसलाले बुटवल धानिएको बताए ।