एशियन बुद्ध टी–१० क्रिकेटः होराइजन, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी
आइतबार, असार ८, २०८२
भैरहवा-रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा आइतबार भएका तीन खेलमा न्यु होराइजन क्रिकेट क्लब, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी भएका छन्।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा न्यु होराइजनले लुम्बिनी साझेदारीलाई ७० रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले २ विकेटको क्षतिमा १ सय ४० रन बनायो । जवाफी ब्याटिङ गरेको लुम्बिनी साझेदारीले ७ विकेटको क्षतिमा जम्मा ७० रन बनायो र हार व्यहोर्यो। होराइजनका निश्चल ज्ञवाली प्लेयर अफ द म्याच भए।