रुपन्देहीका सांसद वासुदेव घिमिरेकाे प्रश्न : हामीसँग याेजना मागेर किन राखिएन ?
आइतबार, असार ८, २०८२
बुटवल - रूपन्देही निर्वाचन क्षेत्र न. ५ बाट निर्वाचित नेकपा एमालेका सांसद वासुदेव घिमिरेले बजेटका बारेमा संसदमा असन्तुष्टि पोखेका छन् । उनले आगामी आर्थिक वर्षका लागि गरिएको मन्त्रालयगत विनियोजनले निराशा ल्याएको बताउँदै आपत्ति जनाएका छन् । उनले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना विनियोजन गरेको भन्दै आपत्ती जनाए ।प्रत्येक सांसदबाट ७ वटा योजना माग गरेर सहरी विकास मन्त्रालयले पाँच वटामा मात्रै बजेट राखेको भन्दै उनले असन्तुष्टि जनाए । मन्त्रीका योजना राख्न मिल्ने तर सांसदका योजनामा भने तीन करोडको सिलिङका नाममा रोक लगाइएको उनले बताए ।