तिलोत्तमाको बजेट २ अर्ब ९२ करोड ९३ लाख
सोमबार, असार ९, २०८२
बुटवल- आगामी आर्थिक वर्ष २०८२२०८३ का लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। दोस्रो नगरसभाको सातौं अधिवेशन तेस्रो बैठकमा सोमबार उपप्रमुख जगेश्वरदेवी चौधरीले उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा चालु खर्चतर्फ ४४ दशमलव १७ प्रतिशत र पुँजीगतर्फ ५५ दशमलव ८३ प्रतिशत विनियोजन गरिएको छ।