लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माणका लागि नेपाल र भुटानबीच सम्झौता
बुधबार, असार ११, २०८२
लुम्बिनी- गवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानी बौद्ध गुम्बा निर्माण गर्न नेपालस्थित लुम्बिनी विकास कोष र भुटान सरकारको गृहमन्त्रालयबीच लिज सम्झौता सम्पन्न भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) र भुटानको शाही सरकारका गृह सचिव सोनम वांग्येलद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताएका हुन् ।