बुटवल उपमहानगरद्वारा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण
बिहीबार, असार १२, २०८२
ज्येष्ठ नागरिकलाई घरमै गएर परीक्षण र उपचार गर्ने नगरको यो प्रयास ज्यादै उदाहरणीय र प्रशंसा योग्य रहेको ज्येष्ठ नागरिकको भनाइ छ । बुटवल–९ का ज्येष्ठ नागरिक ईश्वरी ज्ञवाली उपमहानगरका नगर प्रमुखसहित चिकित्सकको टोली घरमै आएर उपचार गर्दा खुसी लागेको बताउनुहुन्छ ।