बुटवल उपमहानगरद्वारा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम
शुक्रबार, असार १३, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकाले ३८ औँ अन्तर्राष्ट्रिय लागूपदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा विहिबार विद्यार्थीलाई सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगर अन्तरगत रहेका विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराई लागूऔषध दुर्व्यसन र यसबाट बच्ने उपाय बारे सचेतना गराएको हो । बुटवल उपमहानगरको खेलकुद बिकास समितिको आयोजनामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले लागू औषध दुर्व्यसन सम्बन्धी राज्यले थप कडा नियम बनाउनु पर्ने बताए ।