जसपा नेपाल लुम्बिनी सरकारबाट बाहिरियो, समर्थन फिर्ता
शुक्रबार, असार १३, २०८२
बुटवल - जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन जसपा नेपालले फिर्ता लिएको हो।जसपा नेपालको तर्फबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख तुलाराम घर्ती मगरलाई गराएकी छन्। संविधानको धारा १८८ को उपधारा (२) अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले बताएकी छन्।