पार्टी अध्यक्षमाथि षडयन्त्र गरेर मुद्धा चलाइयो, डटेर सामना गरौं : मेटमणि चौधरी
शनिबार, असार १४, २०८२
नेकपा एकिकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि विपक्षीहरुले षडयन्त्र गरेर मुद्धा चलाएकाले यसका विरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले यस्तो बताएका हुन् । उनले माधव नेपाल पनि केपि ओली र अन्य नेता जस्तै हो भन्ने जबरजस्ती स्थापित गर्न षडयन्त्रपूर्वक पञ्तञ्जलीको बिषयमा मुद्धा चलाएको बताए ।