नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन
शनिबार, असार १४, २०८२
बुटवल - नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धका विषयमा बुटवलमा मन्थन गरिएको छ । जीवराज आश्रित फाउण्डेसन र वर्ल्ड कन्फ्युसियस सेन्टरको आयोजना र न्यू होराईजन स्कुलको सहआयोजनामा पूर्विय दर्शनको विषयमा अन्तर्किया गरिएको हो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्ध, कन्फ्युसियसले प्रतिपादन गरेका दर्शनबाट नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध मजबुद भएको बताए । चीनले ४० वर्षको अवधिमा अतुलनीय देश विकास गरेको भन्दै वक्ताहरुले नेपालले पनि त्यसबाट सिकाई गर्दै लाभ लिनुपर्नेमा जोड दिए । सांस्कृतिक पर्यटनबाट दुई देशलाई जोड्न सम्भव रहेकाले त्यसका लागि एकअर्काको भाषा संस्कृति र कलाको विषयमा ज्ञान हुनुपर्ने वक्ताहरुले बताए ।