जंग बहादुर शाहको ‘इति ह आस’ लोकार्पण
शनिबार, असार १४, २०८२
बुटवल– लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा ‘इति ह आस’ कृतिको शनिबार बुटवलमा लोकार्पण गरिएको छ । साहित्यकार जंगबहादुर शाहद्वारा लिखित ३९६ पृष्ठमा संरचित ‘इति ह आस’ कृतिको माक्र्सवादी सौन्दर्यशास्त्री दिल साहनीले लोकार्पण गरेका हुन् । २३ वटा कथाहरू समेटिएको ‘इति ह आस’ कृतिमा देवलोक ठानिने पश्चिम एशियाको कश्यप सागर ‘क्यास्सियन सी’ वरपरदेखि आजको पाकिस्तानसम्मको भूगोल र आर्यहरूको प्रवासनको इतिहासलाई समेटिएको छ ।