दीप बोर्डिङले गर्यो ४ जीपीए सहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी र अभिभावकलाई सम्मान
सोमबार, असार १६, २०८२
बुटवल - दीप बोर्डिङ हाई स्कुल बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले ४५ वर्षको यात्रामा विभिन्न चुनौतीका बिच पनि विद्यार्थी, शिक्षकको अथक परिश्रम, आत्मविश्वास र लगनशिलताले विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । एसईईमा ४ जीपीए ल्याएका विद्यार्थीहरुलाई जनही २ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए । साथै जीपीए ३।९५ भन्दा बढी ल्याउने विद्यार्थीलाई जनही ५० हजार र जीपीए ३।९० भन्दा बढी ल्याउने विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने प्राचार्य न्यौपानेले बताए । उक्त पुरस्कार विद्यालयको ४५ औँ वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उनले बताए ।