खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा अधिकारी, खेलाडी र प्रशिक्षकलाई सम्मान
बुधबार, असार १८, २०८२
बुटवल –नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीको बुधबार बुटवलमा सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित पूर्व खेलाडी एवं प्रशिक्षक सम्मान तथा जिल्ला भेलाले सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए । समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना, सहसचिवमा सञ्जु पौडेल रहेकी छन् । सदस्यहरुमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी निर्वाचित भएको निर्वाचन समितिका सदस्य नेपाल पत्रकार महांघ रुपन्देहीका सल्लाहाकार खिमानन्द भट्टराईले बताए ।