रूपन्देही ३ उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
बिहीबार, असार १९, २०८२
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्दैछ। आज बस्ने सचिवालय बैठकमा मूलतः दुई विषयाा छलफल हुने रास्वपाले बताएको छ। बैठक बिहान ११ : ३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधिबारे छलफल हुनेछ।