पत्रकार दीलभुषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश
बिहीबार, असार १९, २०८२
काठमाडौँ– पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौँले २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार भएको बयान र थुनछेक बहसपछि न्यायाधीश खेमराज भट्टको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा पाठक आफैँ अदालतमा उपस्थित भएका थिए । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनी विरुद्ध मुद्दा दायर गरेको थियो ।