बुटवल उपमहानगरले गर्याे राेजगार मेला, १६९ जनाले पाए रोजगारी
बिहीबार, असार १९, २०८२
बुटवल– बुटवल उपमहानगरपालिकाले रोजगार मेला २०८२ गरेको छ । रोजगार मेला मार्फत १६९ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेका छन भने ६५८ जना फलोअपका लागि छनोट भएका छन् । मेलाको अवसरमा नगरप्रमुख खेलराज पाण्डेय ले रोजगार मेलाले बेरोजगारी समस्या कम गर्न तथा दक्ष कामदारको खोजिमा रहेका ब्यवसायीक प्रतिष्ठानहरूलाई आवश्यक कामदार पुर्ती गर्न सहयोग गर्ने बताए ।