लिभरपुलका फरवार्ड डियागो जोटाको कार दुर्घटनामा ज्यान गयो, शोकमा डुब्यो विश्वफुटबल
शुक्रबार, असार २०, २०८२
काठमाडौँ – इङ्लिस क्लब लिभरपुलका फरवार्ड डियागो जोटाको कार दुर्घटनामा ज्यान गएको छ । स्पेनमा भएको कार दुर्घटनामा उनको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।पोर्चुगलको पोर्टोमा जन्मिएका फुटबलर जोटा २८ वर्षका थिए । उनी आफ्ना भाइ आन्द्रे जोटासँग यात्रा गरिरहेका बेला कार दुर्घटना भएको थियो।