बुटवलमा रहेकाे सिद्धार्थ केवलकारको कार्यालय काठमाण्डौमा शुभारम्भ, छिट्टै आईपिओ खाेलिने
मंगलबार, असार २४, २०८२
बुटवल- बुटवलमा केवलकार सञ्चालन गरेको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालय काठमाण्डौंमा स्थापना गरिएको छ । काठमाडौंको तीनकुनेमा स्थापना गरिएको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालयको सोमबार प्रभु ग्रुपका अध्यक्ष भोजकुमार खड्का र सिद्धार्थ केबलकार लिमिटेडका सञ्चालक ई रमेशकुमार सापकोटाले रिबन काटेर उद्घाटन गरेका हुन । प्राथमिक सेयर (आइपिओ) निष्कासनको सहजिकरण गर्न र कम्पनीको व्यापार प्रवद्र्धन एवं बजारीकरण गर्न केन्द्रीय कार्यालय सञ्चालनमा ल्याइएको केबलकारका प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीले बताए ।