विलासिता करको विरोधमा प्रदर्शन
बुधबार, असार २५, २०८२
असार १३ गतेदेखि आफ्ना सबै पसल व्यवसाय बन्द गरेर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले गत बुधबारबाट रिले अनशनसमेत सुरु गरेका थिए। बुधबार विभिन्न नारा लगाउँदै नेपालगन्ज, खजुरा र कोहलपुरमा मोटरसाइकल र्याली प्रदर्शन गरेका हुन्।
नेपालगन्ज सुन चाँदी व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष सलाहुद्दिन जसगढले ठुलो सङ्ख्यामा मोटरसाइकलमा निस्केका व्यवसायीले नाराबाजीसहित नेपालगन्ज, खजुरा र कोहलपुर नगरपरिक्रमा गरेको बताए।