बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु
शुक्रबार, असार २७, २०८२
लुम्बिनी - बौद्ध भिक्षुहरुको बार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असाढ पूर्णिमा देखि तीन महिनासम्म चल्ने वर्षबास विहिबारदेखि सुरु भएको हो । राजकीय बुद्ध विहार लुम्बिनीमा बौद्ध महिला समितिको आयोजनामा तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी होटल संघको सहकार्यमा वर्षबास कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे । पूर्व मूख्यमन्त्री चौधरीले लुम्बिनीलाई विश्वशान्तिको मुहानका रूपमा स्थापित गर्न यस्ता धार्मिक गतिविधिहरू प्रभावकारी भएको बताउँदै बौद्ध परम्पराको संरक्षण, प्रवर्द्धन र लुम्बिनी क्षेत्रको समग्र विकासका लागि सधैं प्रतिबद्ध रहेको बताए ।