युवराज सिद्धार्थले दरबार त्यागेको दृश्य सहित मनाइयो महाभिनिष्क्रमण दिवस
शुक्रबार, असार २७, २०८२
बुटवल — प्राचीन कपिलवस्तुको राज्यको राजधानी सहर तिलौराकोट दरबारबाट सिद्धार्थ गौतमले ज्ञानको खोजीका लागि राजसी सुख सयल त्याग गरेको दिनको स्मरणमा बिहीबार मध्यरातमा महाभिनिष्क्रमण दिवस मनाइएको छ । २६२० बर्सअघिको घटनालाई स्मरण गर्दै राजा शुद्धोधनका छोरा युवराज सिद्धार्थले दरबारको सुख सुविधा त्याग गरी ज्ञानको खोजीका लागि सेतो घोडा चढेर तिलौराकोटको पूर्वी गेटबाट बाहिरिएको घटनालाई चित्रण गरी दिवस मनाइएको हो ।