रोहिणी गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा ८३ प्रतिशत बजेट खर्च
शुक्रबार, असार २७, २०८२
बुटवल - रुपन्देहीको रोहिणी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१र०८२ मा ८३ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको लागि विनियोजित बजेटको ८३ प्रतिशत खर्च भएको सार्वजनिक गरेको हो । त्यस्तै पूँजीगततर्फ १८ करोड ५५ लाख ६७ हजार ९ सय ३० रुपैयाँ बजेट विनियोजन गरिएकोमा १५ करोड ४६ लाख ६३ हजार ४ सय ५ रुपैयाँ अर्थात ८३ दशमलव ३५ प्रतिशत खर्च भएको गाउँपालिकाले सार्वजनिक गरेको वित्तीय प्रगति विवरणमा उल्लेख छ ।