विश्व सम्पदाको सम्भावित खतराको सूचीबाट हट्यो लुम्बिनी, एक बर्षकाे मेहनत सार्थक
शुक्रबार, असार २७, २०८२
लुम्बिनी - बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको छ । फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसनले लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग)ले खतराको सूचीमा पर्नबाट जोगाउन आफ्नो कार्यकालमा कन्सेप्च्युअल फिजिकल डेभलपमेन्ट, लुम्बिनी हेरिटेज कन्फेरेन्स आयोजना र सेक्टर स्ट्राटेजी सहित संरक्षण र र विभिन्न सुधारका कामहरु उपाध्यक्ष डा. लामाले आफ्नो कार्यकालमा आयोजना गरेका थिए ।