संयुक्त परिवारमा खुसी : चुनौतीहरू र समाधानहरू
शनिबार, असार २८, २०८२
समाज बदलिँदै छ, गति बढिरहेको छ। सहरको आकर्षण, शिक्षा, रोजगारी र आधुनिक जीवनशैलीको खोजीले संयुक्त परिवारको संरचना साँघुरिँदै गएको छ। हिजोसम्म जहाँ हामी "हामी" थियौँ, आज त्यहाँ "म" मात्रै बाँकी छ। बालबालिकाले हजुरबुवा-हजुरआमाको न्यानो माया र ज्ञानबाट वञ्चित हुनुपर्छ, जसले उनीहरूको संस्कार र नैतिकताको विकासमा कमी ल्याउन सक्छ।