ग्रामीण विकास लघुवित्तकाे साधरणसभामाथि नै प्रश्न : शेयर सदस्यहरु भन्छन्-'हामीलाइ प्रवेश निषेध गरेर के गर्न खाेजेकाे ?'
शनिबार, असार २८, २०८२
बुटवल- ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको विरोधका बाबजुद शेयर सदस्यहरूलाई नै सहभागी नगराई शनिवार बुटवलमा साधारण सभा गरेको छ । बुटवल स्थित पाम इन्टरनेश्नल होटेलको पाँचौँ तलामा प्रहरी तैनाथ गरी निश्चित शेयर सदस्य त्यो पनि नगन्य सहभागी गराएर साधरणसभा गरिएको हो । साधरणसभामा करिब सय जनाका लागि कुर्ची राखिएको भए पनि सञ्चालक समिति सदस्यहरू र केही शेयर सदस्यहरु मात्रै सहभागी थिए । सञ्चालक समितिका अध्यक्ष भरतराज कोइराला र कम्पनी सचिव समेत रहेका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको मिलेमतोमा औपचारिकताका लागि मात्रै साधरणसभा गरेको कर्मचारी सङ्गठनको आरोप छ ।