पश्चिम नवलपरासीको सुनवलमा शहीद विष्णु पाण्डे प्रतिष्ठान संग्रहालय निर्माण तीव्र
शनिबार, असार २८, २०८२
सुनवल नगरपालिका–५ को वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे पार्कभित्र निर्माणाधीन यो संग्रहालयले नेपालको लोकतान्त्रिक इतिहासलाई समेट्ने छ ।
जनआन्दोलन २०६२र०६३ का क्रममा नवलपरासीको सदरमुकाम परासीमा शहादत प्राप्त गर्नुभएका तत्कालीन लुम्बिनी अञ्चलकै प्रथम शहीद विष्णुप्रसाद पाण्डेको स्मृतिमा वि।सं। २०६३ मा स्थापित शहीद पाण्डे स्मृति प्रतिष्ठानले यसको निर्माण र व्यवस्थापनको जिम्मा लिएको छ ।