तिलौराकोट विश्व सम्पदामा सुचीमा सुचीकृत नहुने
शनिबार, असार २८, २०८२
बुटवल– प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचिन कपिलबस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत नहुने भएको छ । फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औं बैठकले गौतम बुद्धले २९ बर्ष बिताएको शाक्यबंशकाे राजधानी सहर प्राचिन कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव विफल भएपछि सुचीकृत हुने सपना चकनाचुर भएको हो। युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमसले गरेको मूल्यांकनमा पहिले नै डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरि प्रतिवेदन बनाएको थियो ।