दलित विद्यार्थीलाई छात्रबृतिको माग गर्दै मुक्ति समाज रुपन्देहीले बुझायो ज्ञापनपत्र
बुधबार, साउन ७, २०८२
बुटवल - नेकपा एमाले निकटको मुक्ति समाज नेपाल रुपन्देहीले दलत समुदायका बालबालिकाहरुलाई छात्रबृतिको कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाएको छ । समाजले शिक्षा विकास समन्वय इकाई, रुपन्देहीका प्रमुख माधव बन्जाडे र प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाललाई ज्ञापनपत्र बुझाउँदै संविधान र शिक्षा ऐनअनुसार दलित समुदायका बालबालिकालाई छात्रवृत्ति, विशेष छुट तथा अवसर सुनिश्चित गरी कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।