सार्वजनिक ऋणको भार २६ खर्ब २२ अर्ब
आइतबार, जेठ ११, २०८२
काठमाडौँ – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नेपालको सार्वजनिक ऋण कूल २६ खर्ब नाघेको जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा सार्वजनिक ऋणको दायित्व २४ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको हो । चालू आवको सुरुआत अर्थात् २०८१ असार मसान्तमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड बराबर थियो । चालू आवको १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड बराबर ऋण थपिएको हो ।