प्रदेशस्तरीय यु–१६ क्रिकेट: रुपन्देही र नवलपरासी विजयी
आइतबार, जेठ ११, २०८२
भैरहवा - लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा आइतबार सम्पन्न दुई खेलमा पश्चिम नवलपरासी र रुपन्देहीले जित निकालेका छन् । नवलपरासीले कपिलवस्तुमाथि ११ रनको जित निकाल्दा रुपन्देहीले पाल्पालाई २ सय ६१ रनले पराजित गर्यो । रुपन्देहीको यो लगातार दोस्रो जित हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ३५ ओभरमा १८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर ८७ रनको सामान्य योगफल बनायो ।