लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको गन्तव्य बनाऔँ : मुख्यमन्त्री आचार्य
आइतबार, जेठ ११, २०८२
लुम्बिनी - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताएका छन् । तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरे । नेपाल पर्यटन व्यवसायी सङ्घ (नाट्टा) को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष लगायतका निकायहरूको सहकार्यमा यात्राको आयोजना गरिएको हो ।