बौद्ध दर्शनको विकासमा सञ्चारको योगदान
मंगलबार, जेठ १३, २०८२
गौतम बुद्धको जन्म, जीवन र महापरिनिर्वाण पश्चात् बौद्ध धर्म—दर्शनको विस्तारका क्रममा यहाँसम्म आउँदा सञ्चारको अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । बौद्ध धर्म–दर्शनको सञ्चारमा चिनियाँ–यात्री फाइह्यानको यात्रा विवरण र तिब्बतको दिस्पोराले महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ । सञ्चार नभएको भए आजको बौद्ध धर्म—दर्शन उति बेलै लोप हुने थियो । गौतम बुद्धद्वारा प्रतिपादित धर्म—दर्शनको विश्वव्यापी रूपमा प्रभाव विस्तार हुनुमा निःसन्देह सञ्चारको निकै ठुलो महत्त्व रहेको छ