लुम्बिनीमा घट्यो उद्योगको क्षमता
शुक्रबार, कात्तिक २८, २०८२
लुम्बिनी - लुम्बिनी प्रदेशमा उद्योगको औसत क्षमता उपयोग घटेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१/८२ को लुम्बिनी प्रदेशको वार्षिक प्रतिवेदनका अनुसार झण्डै ६ प्रतिशतले उद्योगको औसत क्षमता उपयोग घटेको हो। अध्ययनमा समेटिएका २८ उद्योगहरूको समीक्षा वर्षमा औसत क्षमता उपयोग ५०.६० प्रतिशत रहेको छ। गत वर्ष यस्तो क्षमता उपयोग ५६.३६ प्रतिशत थियो।
नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता
शुक्रबार, कात्तिक २८, २०८२
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।नेकपा (माओवादी केन्द्र), नेकपा (एस) लगायत १० दलबीच एकता घोषणा गरिएको थियो। पछि भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसमेत सोही पार्टीमा समाहित भएको थियो।
एमालेले भोली बुटवलमा जनप्रदर्शन गर्ने
शुक्रबार, कात्तिक २८, २०८२
बुटवल – नेकपा एमालेले केन्द्रीय कार्यक्रम अनुसार भोली (शनिबार) बुटवलमा जनप्रदर्शन तथा आमसभा गर्ने भएको छ । लोकतन्त्र र संविधानको रक्षा, तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित जनसभा गरिएको जनाइएको छ । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट हजारौं कार्यकर्ता, समर्थक र आम नागरिकको उत्साहजनक...
सन्तोष, दुर्गा र सुदनबीच पाँचबुँदे सहमति, मंसिर ७ मा एकता घोषणा
शुक्रबार, कात्तिक २८, २०८२
काठमाडौँ- रास्वपा परित्याग गरेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियान संयोजक सुदन किरातीबीच आज (शुक्रबार) पाँचबुँदे सहमति भएको छ। उनीहरूबीच एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउनेलगायतका सहमति भएको हो।
बुटवल हस्पिटलमा रक्तदान, सय युनिट बढी रगत संकलन
शुक्रबार, कात्तिक २८, २०८२
वार्षिक कार्ययोजनाअनुसार वर्षमा दुई पटक रक्तदान कार्यक्रम गर्दै आएको बुटवल हस्पिटलले हाल रगत अभाव अत्यधिक भएको जानकारी पाएपछि आकस्मिक रुपमा यो कार्यक्रम आयोजना गरेको हो।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। एक पोका रगतले बिरामीको ज्यान...
क्याननमा आईटी क्वीज सम्पन्न, मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम
शुक्रबार, कात्तिक २८, २०८२
बुटवल – क्यानन माध्यमिक विद्यालय बुटवल स्थित रोवटिक क्लबको आयोजनामा भएको जिल्ला स्तरीय दोस्रो आाईटी क्वीज प्रतियोगिता २०८२ मा मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम भएको छ । रुपन्देहीका विभिन्न १९ वटा विद्यालयमध्येबाट उत्कृष्ट ६ मा छनौट भई आईटी क्वीजमा प्रथम हुन सफल भएको हो । यस्तै अक्सफोर्ड इगलिश बोर्डिङ स्कूल द्धितिय...
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
बिहीबार, कात्तिक २७, २०८२
काठमाडौँ- सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ।बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको हो।
भिम अस्पताल भैरहवाको मेसुमा डा. वर्षा थापा नियुक्त
बिहीबार, कात्तिक २७, २०८२
बुटवल - भिम अस्पताल भैरहवाकी नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) रूपमा डा. वर्षा थापा नियुक्त भएकी छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ११ तहकी डा. थापालाई भिम अस्पतालको मेसु पदमा जिम्मेवारी दिएको हो।
बुटवलमा खुल्यो साँढे ३ अर्बमा पाँच तारे ह्यात प्यालेस
आइतबार, कात्तिक २३, २०८२
बुटवल– पश्चिम नेपालको व्यापारिक र पर्यटकीय विश्रामस्थल बुटवलमा साँढे ३ अर्बको लगानीमा पाँच तारे होटल ह्यात प्यालेस सञ्चालनमा आएको छ । आन्तरिक तथा विदेशी पर्यटकलाई अन्र्तराष्ट्रिय स्तरको होटलको सेवा दिने उद्देश्यले हायात प्यालेस सञ्चालनमा आएको हो ।
क्यासिनो सहित संचालन हुन लागेको होटल पाँच तारे हो । आईतबार पत्रकार सम्मेलन...
रुपन्देहीमा पनि गठन भयो हर्क साङ्पाङको श्रम संस्कृति पार्टी
आइतबार, कात्तिक २३, २०८२
बुटवल - श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आईतबार भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु दमाइ, सह सचिवमा अमृता पल्ली मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुर्य थापा, विरु...
क्षितिज, आमा र धरती पुस्तकमाथि बुटवलमा समीक्षा
शनिबार, कात्तिक २२, २०८२
बुटवल- लेखक सरस्वती ज्ञवालीकाे पुस्तक क्षितिज, आमा र धरतीबारे शनिबार बुटवलमा विमर्श गरिएकाे छ । पाठक मञ्च, बुटवलकाे आयाेजनामा लेखक साहित्यकारहरूका विच विमर्श गरिएकाे हाे ।
विमर्श कार्यक्रममा लेखक ज्ञवालीले अपाङ्गता भएका सन्तान हुर्काउदाका ३७ बर्षकाे अनुभवहरू समेटेर पुस्तक लेखेकाे बताईन् । उनले बाैद्विक अपांगता भएकाे छाेरीकाे स्याहार गर्दा र...
जेनजी पुस्ताकाे हत्याकाे छानविन गरि कारवाही हुनुपर्छ : विष्णु पाैडेल
बुधबार, कात्तिक १९, २०८२
प्रेस चाैतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा संविधान बचाउन संसद पुर्नस्थापना गर्नुपर्ने बताएका हुन् । उनले जेनजी युवा पुस्ताकाे समेत माग सम्बाेधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुर्नस्थापना हुनुपर्ने बताए । 'संसद पुर्नस्थापना गर्ने, त्यसले संविधान संसाेधन गरि, गैरदलिय सरकार बनाएर चुनावमा जान सकिन्छ'...
बुटवलमा माघमा कृषि मेला हुने
सोमबार, कात्तिक १७, २०८२
सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघको १४ देखि १८ गतेसम्म बुटवलको प्रदर्शनी स्थल ‘बुटवल मण्डप’मा कृषि मेला गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।


