मौलिक तीजगीत प्रतियोगिताको उपाधि बुटवलको तिनाउ ईग्लिस बोर्डिङ स्कुललाई
शुक्रबार, भदौ २६, २०८३
बुटवल । बुटवलमा आयोजित अन्तर विद्यालय मौलिक तीजगीत प्रतियोगिता–२०८३ को उपाधि तिनाउ ईग्लिस बोर्डिङ स्कुलले जितेको छ । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १८औँ स्थापना दिवस तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
ज्ञानपुञ्जमा ‘बा मलाई केही भन्नु छ’ कविता प्रतियोगिता, उत्कृष्ट तीन विद्यार्थी पुरस्कृत
शुक्रबार, भदौ २६, २०८३
बुटवल — ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल बुटवलले कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिनका अवसरमा ‘बा मलाई केही भन्नु छ’ शिर्षकमा शुक्रबार कविता प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न चरण पार गर्दै निर्णायक चरणमा प्रवेश गरेका १० जना प्रतिस्पर्धीबाट उत्कृष्ट तीन जनालाई पुरस्कृत गरिएको छ ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अधुरा आयोजना अध्ययन गर्न समिति गठन
बिहीबार, भदौ २५, २०८३
दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपुरा आयोजनाको अध्ययन गरी विवरण संकलन गर्न समिति गठन गरेको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालको संयोजकत्वमा अधुरा तथा अपुरा आयोजनाको अध्ययन तथा विवरण संकलन समिति गठन गर्ने निर्णय गरेको...
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
काठमाडौं - उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका संचार संयोजक कमल चौलागाईंले जानकारी दिए। मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
बुटवल उद्याेग बाणिज्य संघको साधारण सभा तथा अधिवेशन: तयारीका लागि जिम्मेवारी प्रदान
सोमबार, भदौ २२, २०८३
बुटवल - बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी असोज २१–२३ गते आयोजना हुने ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशनका लागि कार्यसमिति सदस्यहरुलाई तयारीको जिम्मेवारी प्रदान गरिएको छ। संघका अध्यक्ष हरिप्रसाद अर्यालेको अध्यक्षमा सोमबार बसेको कार्यसमिति बैठकले विभिन्न १० वटा तयारी समिति गठन गर्दै त्यसका लागि कार्यसमिति सदस्यहरुलाई...
नारायणगढ–मुग्लिन सडकमा आजदेखि दैनिक १० घण्टा सवारी आवागमनमा राेक
सोमबार, भदौ २२, २०८३
बुटवल - नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा सडक विस्तार तथा माटो कटानको काम गर्न आदेखि दैनिक विभिन्न समयमा सवारी आवागमनमा आंशिक रोक लगाइएकाे छ।जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार सूचना जारी गर्दै भदौ २२ गतेदेखि अर्को सूचना नभएसम्म तोकिएको कार्यतालिकाअनुसार सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको हो।
भोटेकोशीको पीडामा आज राष्ट्रिय शोक
सोमबार, भदौ २२, २०८३
काठमाडाैं - आज राष्ट्र शोकमा छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले गुमेका ती जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीडा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौँ आँखाको प्रतीक्षामा देश शोकमग्न छ ।
भोटेकोशीको बाढीले छोडेको पीडा तत्काल मेटिने छैन । हजारौँ परिवार अझै आफन्तको खोजीमा छन्,...
लुम्बिनी प्रदेशमै पाल्पामा डेंगु संक्रमित धेरै, २ महिना नपुग्दै २३१ जनामा संक्रमण
आइतबार, भदौ २१, २०८३
पाल्पा - पाल्पामा यो आर्थिक वर्ष मात्रै २३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनाको २० गतेसम्ममा २३१ जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्यांक लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो । यो आर्थिक वर्ष सुरु भएदेखिको...
फेरी बढ्यो अण्डाको मुल्य
शनिबार, भदौ २०, २०८३
काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको भदौ १८ गतेको बैठकले उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ ।
संघले शुक्रबारदेखि लागू हुने गरी एक्सएल अन्डाको समर्थन मूल्य ६०५ रुपैयाँ तोकेको छ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट...
एउटै कम्पनीलाई ठेक्कामाथि ठेक्का, जाजरकोटमा पुल र सडक वर्षौंदेखि अलपत्र
शनिबार, भदौ २०, २०८३
सुर्खेत । जाजरकोटमा सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दा पनि करोडौं रुपैयाँका आयोजना अलपत्र छन् ।एउटै निर्माण कम्पनीले विभिन्न महत्वपूर्ण आयोजना ठेक्का लिए पनि कतिपयमा न्यून प्रगति र कतिपयमा निर्माणको काम नै सुरु नभएको पाइएको छ । यसको प्रत्यक्ष मार भने स्थानीय नागरिक र यात्रुले खेपिरहेका...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन
शनिबार, भदौ २०, २०८३
काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ।नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ मा एक हजार ३४४ शव फेला परेको जनाएको छ ।
लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित, सांसद पद पनि जाने
शनिबार, भदौ २०, २०८३
बुटवल- जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई सांसद पद समेत नरहने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । ललितपुरको बालकुमारीमा तीन दिन चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेर अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश सांसदलाई कारबाही गर्ने निर्णय...
भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु रुपन्देहीद्वारा १० लाखको राहत सामग्री सहयोग
शनिबार, भदौ २०, २०८३
बुटवल - भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अनेरास्ववियु रुपन्देहीले करिब १० लाख रुपियाँ बराबरको राहत सामग्री सङ्कलन गरी रसुवागढीतर्फ पठाएको छ । बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, सरसफाइका सामग्री तथा स्वास्थ्यसम्बन्धी सामग्रीसहितको राहत लिएर अनेरास्ववियुको टोली शुक्रबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो ।


