बुटवल उद्योग वाणिज्य संघको अधिवेशनका लागि पाैडेल र गैरे प्यानलकाे उम्मेदवारी दर्ता
शुक्रबार, असोज २३, २०८३
बुटवल- बुटवल उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि उम्मेद्वारी दर्ता भएको छ । संघको ७३औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन अन्तरगत आगामी ३ वर्षे कार्यकालको लागि उम्मेदवारी दर्ता भएको हो ।संघको नयाँ कार्यसमिति चयनका लागि यहि असोज २६ गते निर्वाचन हुँदैछ । जसका लागि अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ ।
ज्ञानपुञ्ज बाेर्डिङ्गद्धारा तिनाउ बाढीबाट प्रभावित चार परिवारलाई सहयोग
शुक्रबार, असोज २३, २०८३
बुटवल- बुटवल ११ नहरपुर स्थित ज्ञानपुञ्ज इङ्ग्लिस स्कुलले शुक्रबार तिनाऊ नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गरेको छ। बुटवल ११ स्थित टपमझुवाका बाढी प्रभावित प्रभावितहरूको बासस्थानमै पुगेर बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद भट्टराईले प्रति परिवार पाँच हजार प्रदान गरेका हुन् ।
बुटवल उद्योग बाणिज्य संघ साधारणसभा : 'सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन'
शुक्रबार, असोज २३, २०८३
बुटवल - नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नीजि क्षेत्रलाई आशा जगाउन नसकेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ७३ औं साधारणसभा तथा २६ औं अधिवेशनलाई शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले नीजि क्षेत्रलाई थुनेर समस्याको समाधान नहुने बताए । उनले पछिल्लो समय उद्योगधन्दामाको व्यापारमा गिरावट...
अब नेपाली क्रि केट पनि खेलरोमा
शुक्रबार, असोज २३, २०८३
काठमाडौं । नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई थप अन्तरक्रियात्मक बनाउँदै निःशुल्क स्पोर्ट्स प्रेडिक्शन प्लेटफर्म खेलरोले आफ्नो प्लेटफर्ममा नेपाली क्रिकेटलाई पनि समावेश गरेको छ।अब खेलरोका प्रयोगकर्ताले उपलब्ध नेपाली क्रिकेटका खेलहरूको नतिजाबारे आफ्नो अनुमान राख्न, सही अनुमानका आधारमा अंक कमाउन र लिडरबोर्डमा अन्य क्रिकेटप्रेमीसँग प्रतिस्पर्धा गर्न सक्नेछन् ।
मंसिर पहिलो हप्ता एमालेले राष्ट्रिय भेला गर्ने
बिहीबार, असोज २२, २०८३
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने निर्णय आजको बैठकले गरेको छ। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित सङ्घ, प्रदेश,...
कांग्रेस अधिवेशन : भोलि बिहान ७ बजे मात्रै मतदान
बिहीबार, असोज २२, २०८३
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने पक्का भएको छ। बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान हुन सकेन। केन्द्रीय निर्वाचन समितिले पनि अर्को समय सार्वजनिक गरेन।
टंक प्रसाद गैरे नेतृत्वको समूहले पनि उम्मेद्वारी घाेषणा गर्यो
बिहीबार, असोज २२, २०८३
बुटवल- बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको २६औं अधिवेशनबाट नयाँ नेतृत्वका लागि टंक प्रसाद गैरे नेतृत्वको समूहले आफ्नो उम्मेदवारी घोषणा गरेकाे छ । अधिवेशनकाे पूर्व सन्ध्यामा विहिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै गैरेकाे अध्यक्षतामा प्यानल उम्मेदवार घाेषणा गरेका हुन्। उपाध्यक्षमा विमल राज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी,...
बुटवल उद्याेग बाणिज्य संघकाे अध्यक्षका लागि नरिश्वर पाैडेल समूहकाे उम्मेद्वारी घाेषणा
बुधबार, असोज २१, २०८३
बुटवल- बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको आगामि नेतृत्वका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उमेद्वारी घोषणा गरेको छ । संघको २६ औं अधिवेशन विहिबारदेखि सुरु हुँदैछ । अधिवेशनको पूर्वसन्ध्यामा पौडेल समूहले बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा गरेको हो । नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्वू भन्ने मूल...
मन्त्रिपरिषद् बैठक : नर्वेजियन सरकारको १० करोड अनुदान स्विकार
सोमबार, असोज १९, २०८३
काठमाडौं । सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले मुख्य ५ वटा निर्णयहरू गरेको हो ।
बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम : असोज २६ मा मतदान
सोमबार, असोज १९, २०८३
संघको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार असोज २६ गते मतदान हुने छ । मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान सञ्चालन हुने प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । निर्वाचनका लागि पहिलोपटक असोज १५ गते नै मतदाता नामावली प्रकाशन गरिसकिएको छ । मतदाता नामावलीमाथि दाबी–विरोध गर्ने समय असोज...
बुटवलमा ‘पल्सर आरपीएम’ : स्टन्टदेखि र्याप र स्केटबोर्डिङसम्म !
शनिबार, असोज १७, २०८३
बुटवल - बुटवल युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित बुटवलमा पल्सर 'आरपीएम’ कार्यक्रम गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका बुटवल स्थित ढुंगा स्केट एड स्केट पार्कमा पल्सर आरपिएम कार्यक्रम भएको हो ।
बुटवलमा मुभी थिएटर र मिरर मेज सञ्चालनकाे तयारी, नयाँ पर्यटन आकर्षण बन्ने दावी
शनिबार, असोज १७, २०८३
बुटवल - बुटवलमा चार जना युवाहरुकाे करिब २ करोड रुपैयाँ लगानीमा एटिन्न डी मुभी थिएटर र मिरर मेज (भुलभुलैया)सञ्चालन गरिने भएकाे छ । बुटवल आउने पर्यटक तथा यहाँका स्थानीयहरुलाइ मुभी थिएटर मार्फत नयाँ सेवा दिन लगानी गरिएकाे उनीहरुले बताएका छन् । नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी...
ध्रुबतारा सयपत्रीको २० औं बार्षिक साधारणसभा सम्पन्न
शनिबार, असोज १७, २०८३
बुटवल - ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्था बुटवलले २० औं बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ। सहकारीका जेष्ठ सदस्य शैक्षिक व्यक्तित्व चित्र बहादुर जिसीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।साधारणसभामा सहकारीका कार्यवाहक अध्यक्ष ईन्जिनियर छबिन्द्र भट्टराईद्वारा प्रस्तुत बार्षिक प्रतिबेदन पारित गरेको छ ।


