Lumbini Rise
बुटवलमा ‘पल्सर आरपीएम’ :  स्टन्टदेखि र्‍याप र स्केटबोर्डिङसम्म !

बुटवल - बुटवल युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित बुटवलमा पल्सर 'आरपीएम’ कार्यक्रम गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका बुटवल स्थित  ढुंगा स्केट एड स्केट पार्कमा पल्सर आरपिएम कार्यक्रम भएको हो ।  

मोटरसाइकल स्टन्टसँगै बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, र्‍याप, डिजे प्रस्तुति र ग्राफिटीलगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न प्रस्तुती गरिएको थियो । जहाँ युवा युवतीहरुले निकै रमाइलोका साथ मनोरञ्जन लिएका थिए । बुटवलका युवालाई आफ्नो प्रतिभा, सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गरेको कार्यक्रमका जागृत पहाडीले बताए । 

मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा ल्याएर युवाको सीप, आत्मविश्वास र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्न कार्यक्रम सफल भएको छ ।  काठमाडौंमा सुरुवात भएको कार्यक्रम राजधानीबाहिर बुटवलमा गरिएको हो।

WhatsApp-Image-2026-10-03-at-19.11.46-(1)-1791034033.jpeg

WhatsApp-Image-2026-10-03-at-19.10.58-1791034151.jpeg

WhatsApp-Image-2026-10-03-at-19.11.45-1791034149.jpeg

WhatsApp-Image-2026-10-03-at-19.11.46-1791034050.jpeg

WhatsApp-Image-2026-10-03-at-19.11.46-(1)-1791034033.jpeg

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update