Lumbini Rise
लुम्बिनी हाेटल संघ नेपालकाे अध्यक्षमा शर्मा निर्वाचित
लुम्बिनी हाेटल संघ नेपालकाे अध्यक्षमा शर्मा निर्वाचित बुटवल- लुम्बिनी हाेटल संघ नेपालकाे अध्यक्षमा लिलामणि शर्मा निर्वाचित भएका छन् । शनिबार बुद्वजन्मस्थल लुम्बिनीमा सम्पन्न भएकाे साताै बार्षिक साधारणसभा तथा चाैथाे अधिवेशनबाट शर्माकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे हाे।
श्रुतिलेखन प्रतियोगितामा जिविका रणपाल प्रथम
श्रुतिलेखन प्रतियोगितामा जिविका रणपाल प्रथम बुटवल- रुपन्देहीको देवदह–९ भलुहीमा रहेको न्यू नमुना ईङलिस बोर्डिङ्ग स्कुल कक्षा ५ की छात्रा जिविका रणपाल देवदह नगरपालिका स्तरीय श्रुतिलेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् ।देवदह नगरपालिकाद्वारा आयोजित  विभिन्न प्रतियोगिताअन्तर्गत कक्षा ४ र ५ को आधारभूत तह स्तरीय  श्रुतिलेखन प्रतियोगितामा  जिविकाले प्रथम स्थान हासिल गरेकी हुन् । त्यस्तैगरी सोही...
लुम्बिनी विकास कोषको सदस्य सचिवमा दीपक श्रेष्ठ नियुक्त 
लुम्बिनी विकास कोषको सदस्य सचिवमा दीपक श्रेष्ठ नियुक्त  बुटवल-  सरकारले लुम्बिनी विकास कोषमा सदस्य सचिवमा गोरखाका इञ्जिनियर दीपक श्रेष्ठलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खानेपानी संस्थानका इञ्जिनियर रहेका श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई कोषको सदस्य सचिवका लागि नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी...
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेशले ५ हजार विद्यार्थीलाई सचेतना तालिम दिदै 
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेशले ५ हजार विद्यार्थीलाई सचेतना तालिम दिदै  धेरै भन्दा धेरै विद्युत उपभोक्ताहरुलाई विद्युतिय  सुरक्षा सम्बन्धि सचेतना दिनका लागि कार्यक्रमको आयोजना गरिएको सहभागि हुने लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख ई. हरि प्रसाद पाण्डेले बताए । लुम्बिनी प्रादेशिक कार्यालयको उद्देश्य अनुरुप प्रादेशिक कार्यालय अन्तर्गतका सबै वितरण केन्द्रको कार्यक्षेत्रमा रहेका तुलनात्मक रुपमा धेरै विद्यार्थी अध्ययन गर्ने इच्छुक सामुदायिक विद्यालयहरुमा आइतबारदेखि एक...
जेनजीको भन्दा ठूलो प्रदर्शन हामीले गरिसक्यौं :  शंकर पोखरेल 
जेनजीको भन्दा ठूलो प्रदर्शन हामीले गरिसक्यौं :  शंकर पोखरेल  बुटवल– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजीका नाममा विदेशी शक्ति, राजावादी र सरकार विरोधी र पपुलिस्ट भनिने दलहरुको संलग्नतामा आगजनी र विध्वंस गराइएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाहरुको शान्तिपूर्ण आन्दोलनलाई अराजक बनाएको बताएका हुन् । उनले रास्वपा, राजावादी पार्टीहरुको नामै...
लुम्बिनीका सभामुखले गरे सचिवालय विघटन
लुम्बिनीका सभामुखले गरे सचिवालय विघटन बुटवल -  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले सचिवालय विघटन गरेका छन् । सभामुख घर्तिले संघीय सरकारको निर्देशनको पालना गर्दै सचिवालय विघटन गरेका हुन् । सभामुख घर्ती मगरले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार प्रदान हुँदै...
रााष्ट्रिय कर दिवस २०८२ को शुभकामना आदान प्रदान
रााष्ट्रिय कर दिवस २०८२ को शुभकामना आदान प्रदान भैरहवा- राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले शुभकामना आदान प्रदान तथा करदाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमवार भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि तथा उद्योगी व्यापारी र संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
सैनामैनाका कार्यपालिका सदस्यले जग्गा नदिएको गुनासो
सैनामैनाका कार्यपालिका सदस्यले जग्गा नदिएको गुनासो बुटवल -  सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य एवं दलित उत्थान संघ सैनामैनाका संस्थापक अध्यक्ष सुरज बरालले एक दलित महिलालाई जग्गा विक्रि गरेपनि जग्गा नदिएको पीडितले गुनासो गरेकी छन् ।बरालले बुटवल –२ बस्ने राधा नेपालीलाई तिलोत्तमा ११ भूपू सैनिकको १० धुर अव्यवस्थित जग्गा चार लाख ५० हजार रुपैयांमा विक्रि गरेपनि जग्गा भने...
बुटवलमा पहिलाेपटक छात्रबृत्तिका लागि परीक्षा : ३४४ विद्यार्थीले निशुल्क छात्रवृत्ति पाउने
बुटवलमा पहिलाेपटक छात्रबृत्तिका लागि परीक्षा : ३४४ विद्यार्थीले निशुल्क छात्रवृत्ति पाउने बुटवल- बुटवल उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरूमा अध्ययनरत ३४४ जना विद्यार्थीहरूले निशुल्क छात्रवृत्ति पाउने भएका छन् । गरिब तथा जेहेन्दार विद्यार्थी छनाेटका लागि बुटवल उपमहानगरपालिकाले आइतबार सम्बन्धित विद्यालयमै परीक्षा लिएको छ ।
नेवाः पुच: को अध्यक्षमा पुनः काजीमान श्रेष्ठ निर्वाचित,सचिवमा राजभण्डारी
नेवाः पुच: को अध्यक्षमा पुनः काजीमान श्रेष्ठ निर्वाचित,सचिवमा राजभण्डारी बुटवल - श्री नेवाः पुच (नेवा सेवा समाज विकास परिषद) केन्द्रीय कार्यालय बुटवलले २५औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन सम्पन्न गरेको छ।सभामा अध्यक्ष काजीमान श्रेष्ठले विगतको काम, उपलब्धि र आगामी योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे।अध्यक्ष श्रेष्ठका अनुसार नेवाः पुचले सापारु (गाईजात्रा) पर्वमा सरकारी बिदा लागू गराउन वर्षौँदेखि निरन्तर पहल...
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा ३० प्रतिशत भौतिक प्रगति
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा ३० प्रतिशत भौतिक प्रगति बुटवल - लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ । लुम्बिनी प्रदेश पूर्वाधारण प्राधिकरणका अनुसार निर्माण सुरु भएको १४ महिनामै यो सफलता प्राप्त भएको हो । निर्धारित समयभन्दा पहिलेनै योजना सम्पन्न गर्नेगरी तिब्र रुपमा काम अघि बढेको प्राधिकरणका प्रमुख कार्यकारी...
निर्वाचनको विकल्प छैन :  यादव
निर्वाचनको विकल्प छैन : यादव रुपन्देही– जनता समाजवादी पार्टी ९जसपा०, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन्। शनिबार भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उनले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिए। अध्यक्ष यादवले हाल सुरक्षाको वातावरणका बारेमा धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले सम्बोधन गर्नुपर्ने बताए। ‘यो सरकारको दायित्व...
Weather Update