सिद्धबाबा मन्दिर विकास समितिद्वारा उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल - भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि सिद्धबाबा मन्दिरले विकास समितिले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सिद्धबाबा मन्दिरले विकास समिति मंगलबारको निर्णय अनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरिएको सचिव विष्णुप्रसाद पाण्डेले बताए ।
रसुवा बाढी प्रभावितका लागि जितेश्वरी टोल विकास संस्था बुटवलद्धारा ५० हजार २०५ रुपैयाँ सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल - बाढी प्रभावित नागरिकलाइ राहातका लागि बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्थाले ५० हजार २०५ रुपैयाँ सहयोग गरेको छ। टोल संस्थामा आबद्ध व्यक्तिहरुबाट स्वेच्छिक रुपमा सहयोग संकलन गरी मंगलबार एकमुष्ट रुपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धारको कोषमा रकम जम्मा गरेको अध्यक्ष दशरथ पौडेलले जानकारी दिए ।
बाढी प्रभावितका लागि जनउत्थान सामुदायिक लघुवित्तद्वारा ४ लाख सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल- हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख आर्थिक सहयोग गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको रकमको चेक संस्थाका अध्यक्ष डा.मान बहादुर बीके, सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बरालले नेपाल...
भोटेकोशी बाढीपीडितलाई न्यू होराइजनद्वारा ९ लाख १८ हजार सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल - भोटेकोशीमा भाद्र १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि न्यू होराइजन इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कूल, बुटवल परिवारले ९ लाख १८ हजार ६६० आर्थिक सहयोग गरेको छ ।कुल सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५ लाख ५५ हजार ५सय ५५ रुपैयां, विद्यालयमा कार्यरत शिक्षक तथा...
रसुवा बाढी प्रभावितका लागि मुटु अस्पताल बुटवलद्धारा ११ लाख आर्थिक सहयोग
मंगलबार, भदौ १६, २०८३
बुटवल- भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ। बुटवलस्थित अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालको तर्फबाट र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग...
नवलपरासी रामग्राममा प्रहरीले गोली चलायो, भारतीय लागुऔषध कारोबारी पक्राउ
सोमबार, भदौ १५, २०८३
बुटवल - पश्चिम नवलपरासीमा भारतीय लागुआौषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरिएको छ । जिल्ला सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकामा निलो गेट नजिकै प्रहरीले गोली चलाएको हो । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो ।
प्रधानमन्त्री उद्दार कोषमा वरिष्ठ पत्रकार डा. चापागाईंद्वारा आर्थिक सहयोग
सोमबार, भदौ १५, २०८३
बुटवल- नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा अकल्पनीय र प्रलयकारी बाढी र पहिरोमा परेकाहरुलाई उद्दार तथा उपचारमा सहयोग पुगोस् भन्ने हेतुले शनिबार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु ५ हजार ५ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
सोमबार, भदौ १५, २०८३
बुटवल- भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
प्रेस यूनियन रुपन्देहीकाे साधरणसभा : पत्रकारिता पुरस्कारबाट खड्का, भुसाल र पाण्डे पुरस्कृत
सोमबार, भदौ १५, २०८३
बुटवल- नेपाल प्रेस यूनियनका सभापती शिव लम्सालले वर्तमान बालेन शाह नेतृत्वको सरकार उल्टो बाटो हिडिरेको भन्दै स्वतन्त्र प्रेसको घाँटी निमोठ्न प्रयत्नरत रहेको आरोप लगाएका छन् । नेपाल प्रेस यूनियन रुपन्देहीको २२ औं साधारणसभा तथा दशौं अधिवेशनलाई सोमबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष लम्सालले वर्तमान सरकारले नियन्त्रीत लोकतन्त्रको बाटोमा हिडेको बताए ।
त्रिशूलीमा आज आएकाे बाढीले बगायो चरौंदीको पुल
आइतबार, भदौ १४, २०८३
काठमाडौं - त्रिशूली नदीमा आज (आईतबार) पनि बाढी आउँदा झोलुङ्गे पुल बगाएको छ । बाढीले धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने पुल बगाएको हो ।पुल बगेपछि धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ र गोरखाको गण्डकी गाउँपालिका ८ का स्थानीयलाई सकस भएको छ।
नवलपरासी पश्चिममा ५४ शव र २५ वटा अंग फेला, लुम्बिनीका १६८ वेपत्ता
आइतबार, भदौ १४, २०८३
वुटवल- नवलपरासी पश्चिमको नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा बाढीले बगाएर ल्याएका ५४ वटा शव र शरीरका २५ वटा अंग फेला परेका छन्।आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश अन्तरगतको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार भदौ १३ गते राति १० बजेसम्म ती शव तथा अंग फेला परेका हुन्।
तिनाउमा एक्कासि बाढी आउदा बगाएर भारतका एक युवाकाे मृत्यू
शनिबार, भदौ १३, २०८३
बुटवल- तिनाउ नदीमा एक्कासि बाढी आएपछि वेपत्ता भएका भारतफउत्तर प्रदेशका युवाकाे शव बुटवलमा भेटिएकाे छ । शनिबार विहान साढे ९ बजे पाल्पाकाे तिनाउ गाउपालिका ३ स्थित तिनाउ पाैडशि खेल्नेक्रममा भारत उत्तर प्रदेश ईटवा सिद्धार्थनगका २१ बर्षय प्रभाष साेनीलाई बाढीले बगाएर वेपत्ता भएका थिए । खोजतलासका क्रममा ११:५२ बजे रुपन्देही बुटवल...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइयो
शुक्रबार, भदौ १२, २०८३
बुटवल - रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।
नवलपरासीका विभिन्न स्थानमा फेला परेका ९ पुरुष र २ जना महिलाको शब लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए ।


