भाेटेकाेशि बाढी प्रभावितकाे स्मरणमा लुम्बिनीमा शान्ति प्रार्थना
शुक्रबार, भदौ १२, २०८३
बुटवल- लुम्बिनी विकास काेषले विनाशकारी भाेटेकाेसि बाढी प्रभावितहरूलाई मध्यनजर गर्दै बुद्व जन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्ति प्रार्थना गरेकाे छ । मायादेवि मन्दिर परिसरमा भाेटेकाेसि बाढीमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाईते सम्पूर्ण दाजू भाइ दिदी वहिनिहरूकाे शिघ्र स्वास्थ्य कामना सहित शान्ति प्रार्थना गरिएकाे हाे । विभिन्न विहारका भिक्षु, भिक्षुणी, लामा गुरु एवम उपासक उपासिकाहरू र काेषका कर्मचमरीहरूकाे उपस्थितिमा शान्ति प्रार्थना गरिएकाे हाे ।
सिद्धार्थनगर नगरपालिकाले बाढीपीडित राहतका लागि ३५ लाख सहयाे गर्ने
बिहीबार, भदौ ११, २०८३
बुटवल - रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बाढीप्रभावित क्षेत्रका नागरिकहरुलाई राहत, उद्वार तथा पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ ।नगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा रकम जम्मा गर्ने बिहीबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको नगरप्रमुख इश्तियाक अहमद खाँले बताए ।
विपद् प्रभावितका लागि बुटवल उपमहानगरद्धारा ५१ लाख सहयोग गर्ने निर्णय
बिहीबार, भदौ ११, २०८३
बुटवल - बुटवल उपमहानगरपालिकाले विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । रसुवा गढी नाकामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि उपमहानगरपालिकाको विहिबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकको सिफारिसका आधारमा कार्यपालिकाको बैठकले सहयोग गर्ने निर्णय गरेको हो ।
रसुवा बाढी प्रभावितप्रती जागरण मिडिया सेन्टरद्धारा दुख व्यक्त, विपद्काे मिलेर सामना गर्न आग्रह
बिहीबार, भदौ ११, २०८३
काठमाडौं - चीनको तिब्बती क्षेत्र हुँदै आएको बाढीका कारण रसुवाको रसुवागढीलगायत विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति जागरण मिडिया सेन्टर (जेएमसी) ले दुःख व्यक्त गरेको छ । जागरणका अध्यक्ष कमला विश्वकर्माले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी सर्वसाधारण नागरिक, सुरक्षाकर्मी, कर्मचारी, पर्यटक तथा पशुचौपायाले ज्यान गुमाएको...
रसुवा बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाद्धारा ४० लाख सहयोग गर्ने निर्णय
बिहीबार, भदौ ११, २०८३
बुटवल - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले करिब ४० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहिबार बसेको वैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने...
रोल्पाका एकै परिवारका ४ जना बेपत्ता
बिहीबार, भदौ ११, २०८३
बुटवल - रसुवाको टिमुरे बजारमा व्यवसाय गर्दै आएका रोल्पाका एकै परिवारका चार जना बाढीपछि सम्पर्कविहीन भएका छन् ।परिवर्तन गाउँपालिका–६ का कुलप्रसाद बुढामगर, उनकी श्रीमती मीना घर्ती, छोरा डीप बुढा र चार वर्षीया छोरी खुसी बुढा बेपत्ता भएका हुन्।
रसुवा बाढी : सुरक्षित ठाउँमा राखिएका सुस्ताका नागरिकहरु पानीकाे सतह घटेसँगै घर फर्कन थाले
बिहीबार, भदौ ११, २०८३
बुटवल- रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको सतह बढेपछि जोखिममा रहेको नवलपरासी (पश्चिम) को सुस्ता क्षेत्रका स्थानीय पुन आफ्नै निवासतर्फ र्फकन थालेका छन् ।नरायणी नदीमा पानीको सतह बढेपछि प्रशासनले सुस्ताका बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गरेको थियो । बुधबार साँझ सुस्ता गाउँपालिका–५ का बासिन्दालाई बीपी माध्यमिक विद्यालयमा राखिएको थियो ।
सर्वदलीय बैठकबाट १० बुँदे साझा संकल्पसहित अपिल (पूर्णपाठ)
बिहीबार, भदौ ११, २०८३
काठमाडौँ - नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको...
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३
काठमाडौं- रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो ।प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनुहँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव...
भोटेकोशी बाढी : ९७ जनाको मृत्यु, ५४ को उद्धार
बुधबार, भदौ १०, २०८३
काठमाडौँ- नेपालको हिमाली सीमावर्ती क्षेत्र भएर बग्ने भोटेकोशीमा बुधबार आएको बाढीपहिरोमा परी कम्तीमा ९७ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी नेपालले जनाएअनुसार अहिलेसम्म ९७ जनाको शव फेला परेको हो। त्यस्तै ५४ जनाको उद्धार भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीले लिए शपथ
मंगलबार, भदौ ९, २०८३
मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँडकेसीलगायतको विशेष उपस्थितिमा शपथग्रहण समारोह आयोजना गरिएको थियो । प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
पोखरा-दुबई उडानबारे व्यवसायी-राजदूत छलफल
मंगलबार, भदौ ९, २०८३
पोखरा - पोखरा-दुबई नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका प्रमुख पर्यटन व्यवसायीहरू र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) राजदूत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल साम्सीबीच छलफल भएको छ।पोखराबाट दुबई नियमित उडान भर्न सके पोखरा, गण्डकी प्रदेश र नेपालका लागि अर्को खुड्किलो बन्ने बताएका छन् । पोखराका...
प्रथम ज्ञानपुञ्ज सेभेन ए-साईड फुटबलको फाइनल दिउँसो ३ बजे, सैनामैना र नवीन टिम ‘बी’ बिच उपाधि भिडन्त
मंगलबार, भदौ ९, २०८३
बुटवल : प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर विद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ को फाइनल खेल आज दिउँसो हुने भएको छ । सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय र नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय टिम बि बिच उपाधि भिडन्त हुनेछ ।


