मिर्मीमा कालीगण्डकीको बाढीले बगायो पक्की पुल
आइतबार, असोज ११, २०८३
बुटवल - कालीगण्डकीको बाढीले पक्की पुल बगाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।
पर्वतमा कालीगण्डकीको बाढीले २५ घर बगे
आइतबार, असोज ११, २०८३
बुटवल - कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन् ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो । उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि...
पाल्पामा पहिरो जाँदा बाबुछोरीसहित तीन जना बेपत्ता
आइतबार, असोज ११, २०८३
पाल्पा - पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अविरल वर्षाका कारण आइतबार बिहान पहिरो खस्दा स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको घर पुरिएको हो।
आजदेखि सोह्र श्राद्ध सुरु
आइतबार, असोज ११, २०८३
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि...
तिनाउले बुटवल टपमझुवाका ५ घरमा क्षती, २ घर पूर्णरुपमा बग्याे
आइतबार, असोज ११, २०८३
बुटवल- लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवाकाे २ घर बगाएकाे छ भने ३ घरमा क्षती पुर्याएकाे छ। नदीको जलसतह सतर्कता तह पार गरेपछि जोखिमयुक्त क्षेत्रका करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।
काँग्रेस अर्घाखाँची प्रदेश प्रतिनिधिमा दीपक केसीद्वारा उम्मेद्वारी घाेषणा
शुक्रबार, असोज ९, २०८३
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा क्षेत्र नं. २(ख) बाट ३५ वर्षमुनिको युवा प्रदेश प्रतिनिधि पदका लागि दीपक केसीले उम्मेदवारी घोषणा गरेका छन्।परिवर्तनको कुरा मात्र गरेर नपुग्ने भन्दै परिवर्तनको नेतृत्व गर्न युवा पुस्ता स्वयं अघि बढ्नुपर्ने धारणा राख्दै केसीले आफ्नो उम्मेदवारीलाई युवाको आवाज, सहभागिता र नयाँ सोचलाई पार्टीको निर्णय...
नेपाली कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
बिहीबार, असोज ८, २०८३
बुटवल - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर कार्यसमितिको निर्वाचनबाट ज्योति भण्डारी सभापतिमा निर्वाचित भएका छन् । भण्डारीले ४११ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गरे ।
ज्ञानपुञ्ज स्कूलका विद्यार्थीद्धारा व्यवहारिक सिकाइका लागि भित्ते पत्रिका प्रकाशन सुरु
मंगलबार, असोज ६, २०८३
बुटवल- विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिने उदेश्यका साथ ज्ञानपुञ्ज बोर्डिङ्ग स्कूल बुटवलले भित्ते पत्रिका प्रकाशन सुरु गरेको छ । मंगलबार एक कार्यक्रमका विच विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले विद्यार्थीहरुद्धारा तयार पारिएको भित्तेपत्रिका प्रकाशनको शुभारम्भ गरेका हुन् ।
बुटवल उद्योग वाणिज्य संघको अधिवेशन मिति सर्याे,सदस्यता नविकरण असाेज ७ सम्म गर्न पाउने
मंगलबार, असोज ६, २०८३
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति २ दिन सारिएको छ । संघको ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन यहि असोजको २३ देखि २६ गतेसम्म सम्पन्न गर्नेग री पूर्व निर्धारित मितिमा सामान्य हेरफेर गरेको हो ।
शुक्रबारदेखि आइतबारसम्म हावाहुरीसहित ठूलो वर्षाको सम्भावना
मंगलबार, असोज ६, २०८३
काठमाण्डौ - आउँदो असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
ज्ञानपुञ्जले घरमै पुगेर ९० माथिका जेष्ठ नागरिकलाइ गर्याे सम्मान
सोमबार, असोज ५, २०८३
बुटवल - बुटवल ११ स्थित ज्ञानपुञ्ज इंगलिस बोर्डिङ स्कूलले सोमबार फरक कार्यक्रम गर्यो । न कुनै ठूलो तामझाम थियो, न कुनै ब्यानर नै । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर विद्यालयले ९० बर्षमाथिका जेष्ठ नागरिक सम्मान तथा जेष्ठ नागरिकको अनुभव सुन्ने कार्यक्रम गरेको हो ।
बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन : दिगो सम्पदा र विकासका लागि कार्ययोजना तयार
सोमबार, असोज ५, २०८३
लुम्बिनी - 'बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले संरक्षण र दिगो विकास गर्न सिफारिश गरेकाे छ । नेपाल सरकारद्वारा युनेस्को, लुम्बिनी विकास कोष र विश्व बैंकको सहकार्यमा आयोजित यो तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन (२–४ असोज २०८३ / १८–२० सेप्टेम्बर २०२६) मा स्थानीय समुदाय, गुम्बा, तथा विहारका प्रतिनिधिहरू, स्थानीय उद्यमीहरु, पर्यटन तथा...
बुटवलको आकाशमा प्याराग्लाईडिङको सफल परीक्षण
आइतबार, असोज ४, २०८३
बुटवल - बुटवलको आकाशमा आज १४ पटक प्याराग्लाईडिङको सफल परिक्षण उडान र अवतरण गरिएको छ । नुवाकोटको चुरे पहाडादेखि बुटवलको उडान सुरु गरि बुटवल शहरको परिक्रममा गर्दै बदेल पोखरीमा परिक्रमा गरिएको हो ।


