एकीकृत समाजवादी सियारी गाउँकमिटिले बुझायाे ज्ञापन-पत्र
सोमबार, जेठ १२, २०८२
बुटवल– नेकपा (एकीकृत समाजवादी) सियारी गाउँकमिटि रुपन्देहीले सोमबार सियारी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गाउँकमिटिले गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलाई बुझाइएको हो । नेकपा एस गाउँकमिटी अध्यक्ष विजय यादवद्वारा हस्ताक्षरित माग पत्रका बारेमा पार्टीका नेता श्रीराम यादवले वाचन गरी पेस गरिएको थियो ।
लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने
सोमबार, जेठ १२, २०८२
दाङ- प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५...
पत्रकार महासंघ लुम्बिनीद्धारा मुख्यमन्त्रीसँग छलफल
सोमबार, जेठ १२, २०८२
दाङ (देउखुरी) - लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको एक टोलीले भेटघाट गरेको छ। महासंघका अध्यक्ष शुक्रऋषि चौलागाईं र महासचिव पाण्डव शर्माले सोमबार देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा भेट गरी आगामी आर्थिक वर्षको बजेटमा पत्रकार र पत्रकारिताको समग्र विकासका सन्दर्भमा समावेश गर्ने कार्यक्रम र योजना बारे...
प्रदेशस्तरीय यु–१६ क्रिकेटः दाङ र नवलपरासीलाई सफलता
सोमबार, जेठ १२, २०८२
भैरहवा– दाङ र पश्चिम नवलपरासीले रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको खेलमा दाङले बर्दियालाई हरायो भने तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नवलपरासीले पाल्पालाई ६९ रनले पराजित गरेको हो।
काँग्रेसले भन्यो –‘गृहमन्त्री लेखकले राजीनामा दिनुपर्दैन’
सोमबार, जेठ १२, २०८२
काठमाडौँ- नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको ठहर गरेको छ। पार्टी पदाधिकारीको सोमबार बसेको बैठकपछि प्रवक्ता प्रकाश शरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेकाले राजीनामा दिनुपर्ने ठहर गरेको बताए । ‘गृहमन्त्री ज्यूले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो। त्यसपछि बैठकले उहाँको भनाइलाई सदर गरेको छ’...
युवा संघ केन्द्रीय सदस्यमा रुपन्देहीबाट विकास र बुद्धिराज भिड्दै
सोमबार, जेठ १२, २०८२
बुटवल – पोखरामा जारी १० औँ राष्ट्रिय सम्मेलनमा रुपन्देहीबाट केन्द्रीय सदस्यमा दुई जना भिड्ने भएका छन् । युवा संघ रुपन्देहीका निवर्तमान अध्यक्ष विकास बस्नेत र बुद्धिराज थापा बिच लुम्बिनी प्रदेशको भूगोल (रुपन्देही कलस्टर) बाट केन्द्रीय सदस्यमा भिड्ने भएका हुन्। युवा संघको आगामी नेतृत्वका लागि अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीले...
बेलहिया नाका : २ खर्ब बढीको आयात, साँढे १६ अर्ब मात्रै निर्यात व्यापार
सोमबार, जेठ १२, २०८२
भैरहवा– भैरहवा बेलहिया भन्सार नाकाबाट भारत तथा तेस्रो मुलुकमा पछिल्लो १० महिनामा १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। गत वर्षको तुलनामा यो ४५.२२ प्रतिशत निर्यात व्यापार वृद्धि हो । तर याे नाकाबाट आयात भने निकै बढि छ । बेलिहया भन्सार कार्यालयका अनुसार चालु वर्षको साउनदेखि वैशाखसम्म...
निजामती विधेयकको विरोधमा कर्मचारी आन्दोलित
आइतबार, जेठ ११, २०८२
काठमाडौँ – प्रस्तावित निजामती सेवा विधेयकको विरोधमा निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले वृत्ति विकास, सेवा सुविधा र अन्य प्रावधानमा असहमति जाहेर गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शनमा उत्रेका हुन् ।निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्टता...
सार्वजनिक ऋणको भार २६ खर्ब २२ अर्ब
आइतबार, जेठ ११, २०८२
काठमाडौँ – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नेपालको सार्वजनिक ऋण कूल २६ खर्ब नाघेको जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा सार्वजनिक ऋणको दायित्व २४ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको हो । चालू आवको सुरुआत अर्थात् २०८१ असार मसान्तमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब...
एकीकृत समाजवादी बुटवलले बुझायो स्मरण–पत्र
आइतबार, जेठ ११, २०८२
बुटवल– नेकपा (एकीकृत समाजवादी) बुटवलले आइतबार बुटवल उपमहानगरलाई स्मरण पत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गत वैशाख २२ गते बुझाइएको माग पूरा गर्ने सन्दर्भमा पुन स्मरण पत्र बुझाएको सो पार्टीले जनाएको छ। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयलाई एकीकृत समाजवादी पार्टीका अध्यक्ष...
लुम्बिनीमा दुई युवाहरूको समूहबिच झडप, एक जना घाइते
आइतबार, जेठ ११, २०८२
बुटवल– रुपन्देहीको लुम्बिनीमा दुई समूहबिचको कुटाकुटमा एक जना घाइते भएका छन् । गएराती लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ जितवापुरमा दुई समूहका युवाबिच भएको कुटाकुटबाट विक्रम सिंह घाइते भएका हुन् । विक्रमको हात खुट्टामा चोट लागेको र उनको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव...
नवराज विकसहितका युवाको हत्याको स्मृति दिवसमा बुटवलमा दीप प्रज्वलन
आइतबार, जेठ ११, २०८२
बुटवल – २०७७ जेठ १० मा भएको सोती नरसंहारमा अन्तरजातीय प्रेम सम्बन्धमा जातीय विभेदका कारण ज्यान गुमाएका नवराज विक सहित ६ जना युवाहरुको सामुहिक नरसंहार तथा रुपन्देहीको देवदहमा अंगिरा पासीको हत्या भएको दिनलाई कालो दिनका रुपमा बुटवलमा स्मरण गरिएको छ । संयुुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलमा मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण...


