Lumbini Rise
युवा संघ केन्द्रीय सदस्यमा रुपन्देहीबाट विकास र बुद्धिराज भिड्दै 

बुटवल – पोखरामा जारी १० औँ राष्ट्रिय सम्मेलनमा रुपन्देहीबाट केन्द्रीय सदस्यमा दुई जना भिड्ने भएका छन् । युवा संघ रुपन्देहीका निवर्तमान अध्यक्ष विकास बस्नेत र  बुद्धिराज थापा बिच लुम्बिनी प्रदेशको भूगोल (रुपन्देही कलस्टर) बाट केन्द्रीय सदस्यमा भिड्ने भएका हुन्।

युवा संघको आगामी नेतृत्वका लागि अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दर्ता गराएसँगै दुई प्यानलबिच चुनावी प्रतिस्पर्धा हुन लागेको हो । रुपन्देहीमा पनि दुवै गुटमा विभाजित भएर उम्मेदवार मैदान ओर्लेका हुन् । बस्नेत थेबे गुटबाट उम्मेदवार भएका हुन भने थापा पुरीको गुटबाट मैदानमा उत्रेका हुन् । 

युवासंघको वडा, नगर हुँदै जिल्लाको नेतृत्वमा पुगेका विकास बस्नेतले सामाजिक सञ्जालमा मार्फत मत मागेका छन् । थापाले पनि मत मागेका छन ।

रुपन्देहीका युवाहरूमाझ परिचित बस्नेत  युवा संघ रुपन्देहीको निवर्तमान अध्यक्ष, वडाध्यक्ष न. ७ को अध्यक्ष, नगर सह–सचिव, जिल्ला सहसंयोजक हुँदै अध्यक्ष भएका थिए। उनले आफ्नो अनुभव र युवाहरूको साथ समेत रहेकाले चुनाव जित्ने विश्वास गरेका छन् । उनले रुपन्देही अध्यक्ष सफल  कार्यकालका रुपमा बिताएका थिए। 

त्यसाे त अर्का उम्मेद्वार थापा युवा संघको वर्तमान केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज समेत हुन्। थाप यसअघि नगर सदस्य, नगर सचिव, जिल्ला सदस्य हुँदै केन्द्रीय कमिटीसम्म पुगेको अनुभव छ । 

 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update