युवा संघ केन्द्रीय सदस्यमा रुपन्देहीबाट विकास र बुद्धिराज भिड्दै
सोमबार, जेठ १२, २०८२
बुटवल – पोखरामा जारी १० औँ राष्ट्रिय सम्मेलनमा रुपन्देहीबाट केन्द्रीय सदस्यमा दुई जना भिड्ने भएका छन् । युवा संघ रुपन्देहीका निवर्तमान अध्यक्ष विकास बस्नेत र बुद्धिराज थापा बिच लुम्बिनी प्रदेशको भूगोल (रुपन्देही कलस्टर) बाट केन्द्रीय सदस्यमा भिड्ने भएका हुन्। युवा संघको आगामी नेतृत्वका लागि अध्यक्षमा क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दर्ता गराएसँगै दुई प्यानलबिच चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।