Lumbini Rise
निजामती विधेयकको विरोधमा कर्मचारी आन्दोलित

काठमाडौँ – प्रस्तावित निजामती सेवा विधेयकको विरोधमा निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले वृत्ति विकास, सेवा सुविधा र अन्य प्रावधानमा असहमति जाहेर गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शनमा उत्रेका हुन् ।

निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको र सेवा सुविधा कटौती गर्ने प्रावधान राखिएको छ । तर, यो प्रावधान हटाउनुपर्ने कर्मचारीहरूको माग छ। 

नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए।

उनका अनुसार पाँच वर्ष काम गरेको कर्मचारीको एक तह र दश वर्ष काम गरेको कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने, शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था कायम हुनुपर्ने, कर्मचारीको अन्तर प्रदेश सरुवा हुनुपर्ने लगायतका मागहरू अघि सारिएको छ। 

 ट्रेड  युनियन सञ्जालका ११ बुँदे मागहरू सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने उनले बताए। 

 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update