निजामती विधेयकको विरोधमा कर्मचारी आन्दोलित
आइतबार, जेठ ११, २०८२
काठमाडौँ – प्रस्तावित निजामती सेवा विधेयकको विरोधमा निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले वृत्ति विकास, सेवा सुविधा र अन्य प्रावधानमा असहमति जाहेर गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शनमा उत्रेका हुन् ।निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको र सेवा सुविधा कटौती गर्ने प्रावधान राखिएको छ । तर, यो प्रावधान हटाउनुपर्ने कर्मचारीहरूको माग छ।