Lumbini Rise
नवलपरासी रामग्राममा प्रहरीले गोली चलायो, भारतीय लागुऔषध कारोबारी पक्राउ

बुटवल - पश्चिम नवलपरासीमा भारतीय लागुआौषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरिएको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले  रामग्राम नगरपालिका–१ मा  भारतीय मोटरसाइकलमा आउँदै गरेका दुई जनालाई शंकाका आधारमा रोक्न खोज्दा नमानेपछि गाेली चलाएकाे हो । 

प्रहरीले चेतावनीस्वरूप हवाई फायर गरेको जनाएको छ। प्रहरीले चार राउण्ड हवाई फायर गरेर १५८ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारतबाट लागूऔषध खैरो हेरोइन खरिद गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहलाई निगरानी गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। त्यसपछि नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगञ्ज, सेखौली ठेगाना भएका ३३ वर्षीय गिरिजेश श्रीवास्तवभारत निचलौल ठेगाना भएका २७ वर्षीय दीपक श्रीवास्तव रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइन १५८ ग्राम, दुई थान मोबाइल फोन तथा भारतीय नम्बरको मोटरसाइकल बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बुझाइएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।

792054713_1698380104560768_678897736730410819_n-1788184765.jpg


 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update