Lumbini Rise
ध्रुबतारा सयपत्रीको २० औं बार्षिक साधारणसभा सम्पन्न 


बुटवल - ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्था बुटवलले २० औं बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । सहकारीका जेष्ठ सदस्य शैक्षिक व्यक्तित्व चित्र बहादुर जिसीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा सहकारीका कार्यवाहक अध्यक्ष ईन्जिनियर छबिन्द्र भट्टराईद्वारा प्रस्तुत बार्षिक प्रतिबेदन पारित गरेको छ ।

यस्तै लेखा सुपरिवेक्षण समितिका संयोजक पशुपति पौडेलद्वारा प्रस्तुत  लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन एव् कोषाध्यक्ष मणिरत्न शर्मा द्वारा प्रस्तुत बित्तीय लक्ष सहितको आर्थिक प्रतिबेदन छलफल पश्चात पारित गरेको छ । संस्थाले आर्थिक बर्ष ०८२/०८३ मा आयकर पुर्व ५१ लाख २६ हजार ५ सय  नाफा गरेकोमा खुद नाफा ४० लाख १२ हजार ६१६ गरेको थियो ।

यस्तै आगामि वर्षका लागी ४६ लाख ७ हजार ४ सय नाफा गार्ने लक्ष्य लिएको छ  । सहकारीलाई सदस्यहरुको आर्थिक तथा सामाजिक हितमा काम गर्ने गरी अगाडि बढाउने नीति लिने साधारणसभाले प्रतिबद्धता गरेको छ ।

साथै सोही अवसरमा बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाकर खनालले  सहकारी शिक्षाका बारेमा सहजिकरणमा गरेका थिए । साधारणसभामा संस्थाका निवर्तमान अध्यक्ष तुल्सीराम शर्मा, सल्लाहकार चुरामणी भुषाल, कानुनी सल्लाहकार अधिवक्ता माधव प्रसाद घिमिरेले शूभकामना मन्तव्य दिएका थिए ।  

यस्तै साधारणसभामा असल ऋणीका रुपमा शंकर थापा र बसन्ता कुँवर, अधिक सदस्य बृद्धी प्रोत्साहनबाट भगवतीकुमारी थापालाई दोसल्ला खादा र मायाको चिनोले सम्मान  गरिएको सचिव विनोद खनालले बताए । यसैगरी शेयर सदस्यहरुमध्येबाट छात्रबृत्ती प्रोत्साहन अन्तर्गत लेशन भुषाल र अनिसा केसीलाई जनही नगद ५ हजारका दरले शैक्षिक प्रोत्साहन पुरस्कार दिईएको थियो।

कुल १४ सय ४६ सदस्य रहेको संस्थाको २ करोड १४ लाख ९ हजार कुल शेयर पूँजी रहेको छ । कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष इञ्जिनियर छविन्द्र छबिन्द्र भट्टराईको अध्यक्षता, सचिव विनोद खनालको संचालन तथा सदस्य शारदा खानालको स्वागतमा सम्पन्न भएको थियो । 
 

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update