माओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमतिपत्रमा हस्ताक्षर
आइतबार, कात्तिक १६, २०८२
काठमाडौं - नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन्।माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
क्यानन माविको 'गेस्ट अफ दी मन्थ'मा सोल्टी होटलका क्लस्टर डाइरेक्टर रुपेश श्रेष्ठद्धारा प्रशिक्षण
आइतबार, कात्तिक १६, २०८२
विद्यालयले प्रत्येक महिना गेस्ट अफ दि मन्थको रुपमा बिभिन्न बिधाका ख्याती प्राप्त ब्यतित्वहरुलाई आमन्त्रणगरि बिद्यार्थीहरुलाई शैक्षिक ज्ञानका अतिरिक्त चौतर्फी ज्ञान दिने उदेश्यले कार्तिक महिनामा 'गेस्ट अफ दि मन्थ'को रुपमा सोल्टी होटलका क्लस्टर डाईरेक्टर डा.रुपेश श्रेष्ठलाई आमन्त्रण गरि कार्यक्रम गरेको जनाईएको छ ।
गुल्मी रुरुक्षेत्र पयेकका ९३ बर्षिय हिरामणि ज्ञवाली सम्पर्कविहिन, खोजी गरिदिन अपिल
बिहीबार, कात्तिक १३, २०८२
बुटवल– गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं.३ पयेकका ९३ वर्षीय बृद्ध दुईसातादेखि सम्पर्क विहिन भएका छन् । ९३ बर्षिय ९३ बर्षिय हिरामणी ज्ञवाली असोज २७ गते दिउँसो २ बजेदेखि सम्पर्क विहिन भएका हुन् । बृद्ध उमेरका ज्ञवाली घरबाटै सम्पर्कविहिन भएपछि परिवारजनले खोजी गरि सहयोग गरिदिन अपिल गरेका छन् ।
आगामि मंसिर १४ देखि क्यानन दोस्रो सेभेन ए-साईड फुटबल प्रतियोगिता हुने
बिहीबार, कात्तिक १३, २०८२
बुटवल– मंसिर १४ देखि १९ गतेसम्म क्यानन दोस्रो एसाईड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता हुने भएको हो । खेलकुदलाई विद्यालयसँग जोड्दै खेलाडी उत्पादन गर्ने उदेश्यले गत वर्षदेखि प्रतियोगिता गर्न थालिएको प्राचार्य शंकर भण्डारीले बताए । उनका अनुसार प्रतियोगिताको आन्तरीक...
भैरहवा मेडिकल कलेज : श्रम शाेषण भएकाे भन्दै ८ दिनदेखि धर्ना
सोमबार, कात्तिक १०, २०८२
बुटवल- भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ तथा प्यारामेडिक्सको माग सम्बोधनमा प्रशासन उदासीन भएको बताएका छन्।कात्तिक २ गतेदेखि मेडिकल कलेज अगाडि शान्तिपूर्ण रूपमा धर्ना दिएर माग राख्दा पनि मेडिकल कलेज प्रशासनले मागको सुनुवाइ गर्न गैरजिम्मेवार भएको आन्दोलित नर्स तथा प्यारामेडिक्सहरूले गुनासो गरेका छन्। उनीहरूले...
आजदेखि तिहार शुरु
शनिबार, कात्तिक १, २०८२
बुटवल- उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो।
उच्च अदालत बुटवलको आदेश : रवि लामिछानेसँगै जाेशीकाे फाइल पनि ल्याउनू
शुक्रबार, असोज ३१, २०८२
बुटवल - उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ । उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालले बिहीबार सो आदेश जारी गरेका हुन् ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन शुभारम्भ
बुधबार, असोज २९, २०८२
लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा ६७ देशका २ सय बढी सम्पदा विज्ञहरुको उपस्थितीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन बुधबारदेखि सुरु भएको छ । प्रकोप, द्धन्द र शान्ति बिषयलाई केन्द्र बिन्दुुमा राखेर सम्पदा संरक्षण समाज (इकोमस) नेपालको आयोजनामा वैज्ञानिक सम्मेलन सुरु भएको हो ।
लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा
बुधबार, असोज २९, २०८२
लुम्बिनी - लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताएका छन् । बुधबार इकोमस इन्टरनेसनल (द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स) को ६०औं वार्षिकोत्सवका अवसरमा लुम्बिनी आएका विभिन्न देशका प्रतिनिधिलाई स्वागत गर्दै उनले सम्पदाको संरक्षण र संवर्द्धनमा...
उपभाेग नै नगरेको विद्युत् महसुल तिर्न सक्दैनाैं : रुपन्देहीका उद्योगी
मंगलबार, असोज २८, २०८२
बुटवल - रुपन्देहीका उद्योगीहरुले आफूहरुले उपभोग गरेको विद्युतको महसुल तिर्न सधैँ तयार रहेको, तर उपभोग नै नगरेको विद्युत् महसुल तिर्न नसक्ने अडान दोहोराएका छन् । नेपाल विद्युत प्राधिकरणले ट्रक तथा डेडिकेटेट लाइन जोडेर लामो समय रकम नतिरेका उद्योगीहरुलाई कार्तिक २ गतेसम्मको समय दिएसँगै उद्योगीहरुले प्रमाणबिनाको रकम तिर्न नसकिने दोहोराएका छन्...
जन्मियाे जनयुग पार्टी, संयाेजक नवराज सुवेदी, सचिवमा बिमल पाेखरेल
मंगलबार, असोज २८, २०८२
काठमाडौँ- जनयुग पार्टीको प्रथम भेला सम्पन्न भएको छ। भेलाले पार्टीको आगामी रणनीति, संगठन विस्तार र स्थानीय तहमा जनसंगठन सुदृढीकरण सम्बन्धी निर्णयहरू गरेको जनाइएको छ।भेलामा सहभागी केन्द्रीय सदस्यहरूका अनुसार, देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्था र जनजीविकासँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल गरिएको थियो। भेलाले जनताको अधिकार, समानता र सामाजिक न्यायका...
लुम्बिनी नेत्रालयको बिशिष्टिकृत सेवा बुटवलमा शुरु
सोमबार, असोज २७, २०८२
बुटवल– लामो सययदेखि रुपन्देहीको भैरहवाबाट सेवा दिइरहेको लुम्बिनी नेत्रालय प्रालिले बुटवलबाट बिशिष्टकृत सेवा सुरु गरेको छ । बुटवलको पुष्पलाल पार्कमा शाखा स्थापना गरी नेत्रालयले आखा सम्बन्धी सम्पूर्ण सेवा सोमबारदेखि सुरु गरेको हो । बुटवलमा पत्रकार सम्मेलन गर्दै नेत्रालयले आफुहरुले बिशिष्टकृत सेवा दिनका लागि सेवा बिस्तार गरेको प्रालिले जनाएको छ ।...
बुटवल उद्योग वाणिज्य संघको ७२ औं साधारण सभाः उद्योगी भन्छन् –'तोकिएकै मितिमा चुनाव होस्'
सोमबार, असोज २७, २०८२
बुटवल - मुलुकमा शान्ति र विकासका लागि राजनीतिक स्थितरतामा जोड दिँदै उद्योगी व्यवसायीहरुले तोकिएकै मितिमा चुनाव हुनुपर्ने र उक्त चुनावमा राजनीतिक दलहरु सहभागि हुनुपर्ने धारणा राखेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ७२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सधैभरी भईरहेका आन्दोलन र राजनीतिक...


